अन्तरराष्ट्रिय शान्ति दिवस
आज (२१ सेप्तेम्बर) अन्तरराष्ट्रिय शान्ति दिवसको अवसरमा सवैलाई हार्दिक अभिबादन गर्दछु । संयुक्त राष्ट्र संघको उद्देश्यहरू मध्ये राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा शान्ति कायम गर्नु एक उद्देश्य
हो । राष्ट्र संघीय शैक्षिक, वैज्ञानीक तथा सांस्कृतिक संगठनको विधानको
प्रस्तावनामा उल्लेख भएको युद्धको प्रारम्भ मानिसको मनमा हुने भएकाले त्यसको प्रतिरक्षा पनि मनमा नै हुनु पर्दछ (Since wars begin in the
minds of men, it is in the minds of men that the defences of peace must be
constructed) भन्ने विचारको
सम्मान र आफ्नो उद्देश्यमा जोड दिंदै संयुक्त राष्ट्र संघको ३६ सौं महासभाले सन १९८१ (A/RES/36/67, 30 November 1981) मा हरेक बर्ष महासभा शुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मगलबारलाई अन्तरराष्ट्रिय शान्ति दिवसको रुपमा मनाउन आव्हान गरेको थियो ।
तर ५५ औं महासभाले सेप्टेम्बर को तेस्रो मंगलबार को सट्टा २१ सेप्टेम्बरलाई अन्तर राष्ट्रिय
शान्ति दिवसको रुपमा मनाउने निर्णय (A/RES/55/282,
28 Septembar 2001) गरेको थियो
। यस बर्षको अन्तरराष्ट्रिय शान्ति दिवसको नारा शान्तिलाई साथमा आकार दिउं (Shaping
Peace Together) रहेको छ । इन्स्टिच्युट
फर इकोनोमिक्स एण्ड पीस को प्रकाशन ग्लोबल पीस इण्डेक्स, २०१९ (Global
Peace Index, 2019) मा १६३ देशहरू
समावेश गरिएकोमा आइसल्याण्ड र न्युजील्याण्ड क्रमश: १ र २ नम्बरमा छन् भने नेपाल ७६
औं नम्बरमा छ । यसमा संयुक्त राज्य अमेरिका १२८ र भारत १४१ नम्बरमा रहेको देखिन्छ ।
No comments:
Post a Comment